केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश सरकारमा पनि आलोपालो गर्छौं : प्रधानमन्त्री प्रचण्ड

सहयात्रा टिभी

काठमाडौँ । चैत ७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ४ मंसिरको चुनावअघिकै गठबन्धन कायम भएको भन्दै अब संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् ।

गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले भने, ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने‘।’

प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संघीय सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार गर्ने समझदारी भएको स्रोतहरुको दाबी छ । प्रधानमन्त्रीले प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीमा पूर्णता दिने बताएका हुन् ।

 

प्रकाशित : 21 March, 2023

प्रतिक्रिया दिनुहोस्