केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सलमानको आवाजमा ‘जी रहे थे हम’ गीत सार्वजनिक

सहयात्रा टिभी

एजेन्सी । चैत ८, भारतीय अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को तेस्रो गीत सलमानकै आवाजमा सार्वजनिक भएको छ । फिल्मका दुई गीत रिलिज भइसकेका छन् भने अब तेस्रो गीत ‘जी रहे थे हम’ पनि मंगलबार सार्वजनिक भएको हो ।

यो गीतको भिडियो सलमानले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसअघि फिल्मको ‘नाइयो लग्दा’ र ‘बिल्ली बिल्ली’ गीत रिलिज भएका थिए । जसलाई दर्शकले रुचाएका थिए । ‘जी रहे थे हम’ गीत सलमान आफैंले गाएका हुन् । गीतमा अमाल मलिकको संगीत रहेको छ ।

‘जी रहे थे हम एक’ रोमान्टिक गीत हो । गीतमा सलमान फरक शैलीमा देखिएका छन् । गीतमा राघव जुयाल, जस्सी गिल र सिद्धार्थ निगम पनि देखिएका छन् । यो गीतलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।

सलमानले निर्माण गरेको फिल्ममा उनी बाहेक पूजा हेगडे, वेंकटेश दग्गुबाती, जगपति बाबु, भूमिका चावला, अभिमन्यु सिंह, शहनाज गिल, जस्सी गिल, राघव जुयाल, सिद्धार्थ निगम, पलक तिवारी पनि देखिनेछन् । यो फिल्म २०२३ को इदमा रिलिज हुँदैछ । ‘किस का भाइ किसी की जान’ २०१४ को तमिल फिल्म ‘वीरम’ को रिमेक हो ।

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्