मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य शुरु

काठमाडौँ । चैत ९, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत पाइसकेकाले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य शुरु गरेका छन्।
सत्ता साझेदार दलसँग परामर्श गरेर प्रचण्डले यसै साताभित्र मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा लाग्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।