त्रिविको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी संगठनको माग

काठमाडौँ । चैत ९, यही चैत १२ गतेदेखि हुने त्रिभूवन विश्वविद्यालयको स्नातक तह चौथो वर्षको परीक्षाको केन्द्र परीक्षा नियन्त्रण कार्यालयले सार्ने निर्णयविरुद्ध विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् ।
विद्यार्थीहरु अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन उनीहरुले माग गरेका बताएका छन् ।यो निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने उनीहरुको ठहर छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई दुःख दिने मनसायका साथ परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेको आरोप लगाएका छन् ।