जनक शिक्षा सामग्री केन्द्रले चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरी सक्ने

सहयात्रा टिभी

काठमाडौँ । चैत ९,  जनक शिक्षा सामग्री केन्द्रले आगामी नयाँ शैक्षिक सत्रको लागि चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जानकारी दिएको छ ।

केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ ।  करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । चैत १५ देखि  बिक्री शुरु हुने ।

बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको बताए ।

सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने उनले जिकिर गरे । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पुर्याइसकेको झाले जानकारी दिए ।

आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार पुस्तक प्रकाशन पनि अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

 

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्