बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

सहयात्रा टिभी

काठमाडौं । चैत १०, प्रदेश सभामा बोल्दै नेकपा एमाले  बागमती प्रदेश सरकारबाट बाहिरिएको जानकारी दिएको छ ।

मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएर नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको जनाएका छन् ।

नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

 

प्रकाशित : 24 March, 2023

प्रतिक्रिया दिनुहोस्