बारामा आगलागीबाट छ घर–गोठ जलेर नष्ट

सहयात्रा टिभी

काठमाडौं । चैत १४, बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् ।

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित : 28 March, 2023

प्रतिक्रिया दिनुहोस्