सरकार र मिटरब्याज पीडित बीचको वार्ता पुनः बस्ने गरी सकियो

काठमाडौँ । चैत १६, सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको जानकारी प्राप्त भयो ।
गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता आजै साँझ ६ बजे बस्नेछ ।
वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।
मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको जानकारी प्राप्त भयो ।