अर्थशास्त्री स्वर्णिम वाग्लेद्धारा कांग्रेस छाडेको घोषणा

काठमाडौँ । चैत १६, बिहीबार अर्थशास्त्री स्वर्णिम वाग्लेद्धारा नेपाली कांग्रेस पार्टि छाडेको सामाजीक संजाल मार्फत जनाएका छन् ।
यसअघि बिहीबार नै स्वर्णिमले कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा नेता शेखर कोइराला र गोविन्दराज पोखरेललाई एक सन्देश पठाएका थिए । जसमा शेरबहादुर-आरजु गिरोहको निरन्तर हेपाइका कारण कांग्रेसमा रहन नसकेको उल्लेख गरेका थिए ।
बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।
स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् ।
‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’
वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेको जानकारी प्राप्त भएको थियो ।
पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् ।