मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु

सहयात्रा टिभी

रौतहट । चैत १७, रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार चन्द्रनिगाहपुरको चाँदी पुलमा गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटर साइकल दुर्घटना हुदा मोटर साइकलमा पछाडि बसेकी सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी चौधरीको घटना स्थालमै मुत्यु भएको हो ।

मोटर साईकल चालक धनुषाको औरही ४ का ४५ वर्षीय अरुण कुमार मण्डल गम्भीर घाइते भएका छन् । मण्डललाई थप उपचारमा लागि एम्बुलेन्समा वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्