गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सहयात्रा टिभी

गोरखा । चैत १७, गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको छ ।

विहीबार राति करिब ११ बजे गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा उनले चलाएको भे ६ प ७४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव दश मिटर तल खसेको थियो । सूर्य कन्स्ट्रक्सन कम्पनीमा स्काभेटर चालकको रुपमा कार्यरत उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव पोष्टमार्टमका लागि गोरखा अस्पताल राखिएको र मृतकको आफन्तलाई खबर समेत गरिसकिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्