जुवा खालबाट १२ जना पक्राउ, ५९ हजार नगद बरामद

काठमाडौं । चैत १९, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँबस्तीको पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।