बारा–२ उपनिर्वाचन : एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, नेकपा एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज मनोनयन दर्ता गर्नु केही घण्टा अघि मात्र एमालेले पूर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाए पनि यसपटक भने पौडेललाई अघि सारेको हो ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्