माओवादी केन्द्रले आज सहकारीकर्मीहरुको प्रथम भेला आयोजना गर्यो

सहयात्रा टिभी

काठमाडौँ । चैत २२, काठमाडौंमा आज सहकारीकर्मीहरुको प्रथम भेलालाई नेकपा माओवादी केन्द्रले आयोजनामा गरेको जनाएको छ ।

आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको छ । उक्त भेलालाई सम्बोधन गर्दै कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’ आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने बताउनुभयो

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले, पार्टीले अब पहिलेको जस्तै उत्पादन ब्रिगेड बनाएर कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

 

 

प्रकाशित : 5 April, 2023

प्रतिक्रिया दिनुहोस्