नेकपा बहुमत र नेकपा क्रान्तिकारी वैद्यको पार्टीबीच एकता

काठमाडौं । चैत २४, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच पार्टी एकता भएको जनाएको छ ।
आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका छन् ।
आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।
यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि काठमाडौं पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।