ट्रकको ठक्करबाट उदयपुरमा एकको मृत्यु

उदयपुर । चैत २६, उदयपुर त्रियुगा नगरपालिका – ११ स्थित मेनचोकमा आज बिहान ट्रकले ठ्रक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मदनभण्डारी राजमार्ग हुँदै काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नम्बरको मालबहाक ट्रकले साइडबाट निस्की बाटो काट्न लागेको प्र. १–०५–००१प. ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय तारणी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले बताए । ट्रक चालक झापाको कन्काई नगरपालिका–६ का २२ वर्षीय भूपेन्द्र राजवंशीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।