प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

काठमाडौँ । चैत्र २६, सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ ।
सचिव भट्टले आइतबार बिहान प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएको र त्यसलाई स्वीकार गरी धनगढीस्थित भट्टको घरमा गएर उनीसँग भेटवार्ता गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।