सांसद श्रेष्ठलाई रास्वपाले माग्यो २४ घण्टे स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको जनाएको छ ।

 

स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो ।

उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको रास्वपाका महामन्त्री डा। मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको पनि ढकालले बताए । छानबिन पूरा नहुँदासम्मको लागि श्रेष्ठलाई पार्टीको साधारण सदस्यको हैसियतमा पनि काम नगर्न आग्रह गरिएको छ ।

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्