प्रचण्डद्धारा भविष्यमा प्रेरणा लिन सक्ने परियोजना बजेटमा समेटिने

काठमाडौं । चैत २७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने गृहकार्य भइरहेको जनाएका छन् ।
सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने योजना रहेको बताएका हुन् ।
परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री प्रचण्डद्धारा १४ बुँदे सम्बोधन गरी शुभकामना व्यक्त गरेका छन् ।