रास्वपाका सांसद श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन गर्न माग

सहयात्रा टिभी

काठमाडौं । चैत २७, सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन गर्न माग गरेको जानकारी प्राप्त भएको छ ।

श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनािक भएको थियो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ र?’

सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुने उल्लेख गर्दै उनले संसदीय छानविन समिति गठनको माग राखे । ‘आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ गुरुङले भने ।

 

प्रकाशित : 10 April, 2023

प्रतिक्रिया दिनुहोस्