जनार्दन शर्मालाई तेस्रो पटक लाग्यो कोरोना

सहयात्रा टिभी

काठमाडाै । चैत २८, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण देखिएको शर्माले बताएका छन्।

‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ!’

नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट स्वदेश फर्किएकाहरूमा कोरोना देखिएपछि सतर्कतासमेत अपनाइएका छन्।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्