बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

सहयात्रा टिभी

बैतडी । चैत २९, बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्