श्रेष्ठको निलम्बीत सांसद पदमा कंसाकारलाई ल्याउने प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठको निलम्बीत सांसद पदमा बिन्दवासिनी कंसाकारलाई ल्याउने प्रक्रिया सुरु गरेको जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो ।

यससँगै उनको सांसद पद पनि गुम्ने विश्वासका साथ रिक्त पदमा बिन्दवासिनी कंसाकारलाई निर्वाचित गरी सांसद बनाउने प्रक्रियामा अघि बढ्ने निर्णय समेत रास्वपाले गरिसकेको छ ।

रास्वपाले अब सम्भवतः पार्टीबाट प्रतिनिधिसभामा डा। श्रेष्ठलाई कारबाही गरिएको जानकारीसहितको पत्र प्रतिनिधि सभामा पठाउनेछ । त्यो पत्र सभामुखले प्रतिनिधिसभामा पढेर सुनाएमा वा १५ दिनभित्र टाँस गरेमा पद रिक्त हुने व्यवस्था छ ।

यो प्रक्रियालाई नजिकबाट नियालेका निर्वाचन आयोगको राजनीतिक दल तथा कानून महाशाखाका एक कर्मचारीका अनुसार, रास्वपाले अघि बढाएको कारबाही प्रक्रियाबाट डा। ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गर्न त्यति सहज भने छैन ।

 

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्