केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिस्केट जात्रा : सिन्दुरे जात्रामा रंगियो थिमीका चोक, चौबाटो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २, बिस्केट जात्राको अवसरमा सिन्दुरे जात्रामा मध्यपुर थिमीका चोक, चौबाटो, घर र टोल सिन्दुरले रंगिएको छ ।

भक्तपुरको मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न बिस्केट जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो । शनिबार यो जात्रा हर्षोल्लासका साथ मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

 

प्रकाशित : 15 April, 2023

प्रतिक्रिया दिनुहोस्