नवनियुक्त परराष्ट्रमन्त्री साउदद्धारा पदभार ग्रहण

काठमाडौं । बैशाख ३, नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदद्धारा पदभार ग्रहण गनु भएको छ ।
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले अब छीटै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने जनाएका छन् ।
आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए ।