‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ वैशाख १९ देखि रिलिज हुने

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, प्रदीप शाही निर्देशित वार ड्रामा ‘१९१५ स् लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।

अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरले फिल्म वितरण गर्ने भएको छ । फिल्मलाई बेलायत, अष्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा रिलिजको तयारी भइरहेको उनले बताए ।

भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको वास्तविक कथामा फिल्म आधारित छ ।

फिल्मले सन् १९१५ को २५ सेप्टेम्बरमा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनाबारे फिल्म बनेको छ । त्यस युद्धमा २६ वर्षीय राइफलम्यान कुलवीर थापा घाइते भएका थिए तर उनी बाँच्न सफल रहे ।

त्यसपछि पीडितको उद्धारमा खटिए । महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई बेलायती महारानीले भिक्टोरिया क्रसले सम्मान गरिन् ।

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्