उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने

काठमाडौं । १० वैशाख , आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ।
तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्तद्धारा जानकारी प्राप्त भएको छ ।
चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने जनाएका छन् ।