उपनिर्वाचनमा तनहुँ १ बाट ५१.७० प्रतिशत मत खस्यो
सहयात्रा टिभी
काठमाडौं । १० वैशाख , तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१।७० प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको जनाएको छ ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४।३६ प्रतिशत मत खसेको थियो ।


