कांग्रेसको संसदीय दलमा बजेट सन्दर्भमा छलफल केन्द्रित

काठमाडौँ । बैशाख ११, सरकारको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बजेट सन्दर्भमा छलफल केन्द्रित रहेको जानकारी प्राप्त भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ ।
नेताहरुका अनुसार मुलुकको आर्थिक अवस्था माथि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल केन्द्रित छ ।