प्रधानमन्त्री प्रचण्डद्धारा नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिवद्धता

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले डा. पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्