सामाजिक सञ्जालमार्फत पार्टी विरुद्ध आक्रमण गरेको देउवाको गुनासो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका विरुद्ध आक्रमण बढेको पार्टी सभापति शेरबहादुर देउवाले गुनासो गरेको जानकारी प्राप्त भएको छ ।

बजेटबारे प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका हुन् ।

सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो ।

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए । सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो ।

 

 

 

 

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्