जिप दुर्घटनामा सहचालकको मृत्यु, चालक घाइते

गुल्मी । बैशख १४, गुल्मीमा जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-२ मा लु १ च ९९११ नम्बरको जिप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जिपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जिप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।
मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको बुझिएको छ ।