वीर अस्पतालको पुरानो भवनको छत खस्दा ४ जना घाइते

काठमाडौँ । बैशाख १७, काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत खस्दा ४ जना घाइते भएका जानकारी प्राप्त भएको छ ।
पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । उनका अनुसार चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।