करारमा प्रहरी भर्ती गर्दै काठमाडौं महानगर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ती गर्ने भएको छ ।

गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ति प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना गरी ५६ जनाको माग गरेको हो । महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्