आजकै दिन : रुसी राष्ट्रपतिमा पुटिन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । बैशाख २४, रुसका पहिलो राष्ट्रपति बोरिस यत्सिनले पदबाट राजीनामा दिएपछि भ्लादिमिर पुटिनले २२ वर्षअघि आजकै दिन अर्थात् ७ मे २००० मा रुसको नयाँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका थिए । यत्सिनले आठ वर्षको कार्यकाल अन्त्य गर्दै ३१ डिसेम्बर १९९९ मा पदबाट राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री पुटिनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
चार महिनापछि नै भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनले ५३ प्रतिशत मत ल्याउँदै पहिलो छवर्षे कार्यकालमा निर्वाचित भएका थिए ।
सन् २००८ पछि चार वर्ष पुनः प्रधानमन्त्रीका रूपमा रहेका पुटिनले सन् २०१८ को राष्ट्रपति निर्वाचनमा ७६ प्रतिशत मत ल्याएर पुनः मे ७ मा नै चौथो कार्यकालका रूपमा शपथ लिएका थिए । उनको ६ वर्षे कार्यकाल २०२४ मा सकिँदै छ ।
तत्कालीन सोभियत युनियनको लेनिनग्राड (हालको सेन्ट पिटर्सबर्ग) मा १९५२ अक्टोबर ७ मा जन्मेका पुटिनका बाबु सोभियत नेभीमा थिए भने आमा कारखाना मजदुर थिइन् । हाल रसिया–युक्रेन युद्धका कारण पुटिन बढी चर्चामा छन् ।