भारतीय लडाकु विमान दुर्घटनाबाट ३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५, राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएको जनाएको छ ।

भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल छन् ।

बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित : 8 May, 2023

प्रतिक्रिया दिनुहोस्