प्रदीप कार्कीको गीतमा सुनिल र एलिशाको रोमान्स

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३०, गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाको’ भिडिओ सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । दीपकको शब्द तथा संगीत रहेको गीतको भिडिओमा एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाइएको छ ।

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको गीतको भिडिओको निर्देशन पनि उनैले गरेका हुन् । अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडिओको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । गीतको भिडिओ गायक कार्कीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित : 13 May, 2023

प्रतिक्रिया दिनुहोस्