केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले अध्यागमन डेक्सका कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगम खान निषेध

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, सरकारले अध्यागमन डेस्कका कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन गर्न निषेध गरेको जानकारी प्राप्त भएको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

कार्यालयमा हेल्प डेस्क राख्ने र त्यसमा अनिवार्य कर्मचारी खटाउन समेत उनले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

ड्युटीको समयमा सबै कर्मचारीले अनिवार्य ड्रेस कोडको पालना गर्नुपर्ने र तोकिएको समयसम्म ड्रेसमै बस्नु पर्ने समेत निर्देशनमा उल्लेख छ । ड्युटी अवधिभर कुनै पनि अध्यागमन अधिकृतले तोकिएको डेस्क छाड्न पाउने छैनन् ।

कारणवश छाड्नु परेमा सँगैको अर्को अधिकृतसँग सल्लाह गरेर वा ड्युटी अफिसरसँग अनुमतिमा मात्र डेस्क छाड्न पाइने गरी महानिर्देशकले निर्देशन जारी गरेका छन् ।

 

 

 

प्रकाशित : 18 May, 2023

प्रतिक्रिया दिनुहोस्