केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आरोही बुढामगरलाई हलिउड अभिनेता टम हार्डीले दिए बधाई

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् ।

बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले हरि आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै बुढामगरले चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

अभिनेता हार्डी भेनम, स्टार वार्स, स्पाइडरम्यान स् नो वे होम, द म्याट्रिक्स, द रेभिनेन्ट, म्याड म्याक्स फ्युरी रोड, इनसेप्सन, डार्क नाइट राइजेज लगायत चर्चित हलिउड फिल्मका लागि चिनिएका छन् ।

यसअघि उनले नेपाली आरोही निर्मल पूर्जालाई पनि ‘फोर्टिन पिक्स’ नेटफ्ल्क्सि फिल्मका लागि बधाई दिएका थिए ।

 

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्