अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ ९, अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्नुभएको छ ।
अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुनुहुन्छ ।
उहाँ अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ । आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उहाँले आफूमा र मानवतामा विश्वास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहनुभएको बीबीसीले जनाएको छ ।
साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए ।