केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निजी जेटहरुको संख्या नियन्त्रण गर्न फ्रान्सले छोटो दुरीका हवाई उडान बन्द

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, युरोपेली मुलुक फ्रान्सले छोटो दुरीका हवाई उडान बन्द गरेको छ । रेलमा साढे दुई घण्टामा पुगिने गन्तव्यमा अब जहाज उड्ने छैनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कार्बन उत्सर्जन कम गर्न भन्दै फ्रान्सले छोटो दुरीका गन्तव्यमा जहाज उडाउन नपाइने नियम ल्याएको हो ।

फ्रान्स सरकारको यस्तो नियमले ट्रान्जिट उडानमा भने कुनै पनि असर नगर्ने समाचारमा उल्लेख छ । फ्रान्सले यो नियम खासगरी निजी जेटहरुको बढ्दो संख्या नियन्त्रण गर्न ल्याएको बताइएको छ ।

समाचारमा अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेटले १४ गुणा बढी प्रदूषण गर्छन् । फ्रान्समा चल्ने रेलको तुलनामा व्यावसायिक उडानले ७७ गुणा प्रदूषण फैलाउँछ । सोही कारण ट्रेनको तुलनामा प्राइभेट जेट बढी हानिकारक मानिन्छन् ।

 

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्