केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अफ्रिकामा गाई गोठाला र किसान बीच झडप हुदा १० जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, अफ्रिकामा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ ।

अफ्रिकी देशको चाड गाउ राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा पर्छ ।
हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो ।

त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन् । तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्