केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इयूले फेसबुकमाथि पौने २ खर्ब जरिवाना

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटामाथि युरोपेली युनियनको गोपनियता नियामकले करिब पौने २ खर्ब रुपैयाँ अर्थात् १ अर्ब ३० करोड डलर जरिवाना गरेको छ ।

अन्य देशका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताका डाटाहरु अमेरिका पठाएको भन्दै इयूले मेटामाथि हालसम्मकै ठूलो जरिवाना गरेको हो। योसँगै गतवर्ष अमेजनमाथि लागेको ८२ करोड १२ लाख डलर जरिवानालाई मेटाले उछिनेको छ ।

युरोपेली युनियनले आफ्ना सदस्य मुलुकका फेसबुक तथा इन्स्टाग्रामका डाटाहरु समेत अमेरिका पठाउने मेटाको कार्यका कारण प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा सूचनाहरु अमेरिकी जासूसी एजेन्सीसम्म पनि पुग्नसक्ने आशंकाका कारण जरिवानाको निर्णय लिएको हो।

आयरल्याण्डका डाटा संरक्षण आयुक्त हेलेन डिक्सनको नेतृत्वमा रहेको युरोपेली संघको नियामक निकायले फेसबुकद्धारा युरोपेली प्रयोगकर्ताका डाटाहरु स्थानान्तरण गर्नका लागि प्रयोग गरिएका कानूनी उपकरणमाथि प्रतिबन्ध लगाउने कार्यलाई समेत अन्तिम रुप दिइरहेको छ।

सन् २०२० मै युरोपेली सर्वोच्च अदालतले एक फैसला गर्दै युरोपेली युनियनबाट अमेरिकासम्म डाटा ट्रान्सफर सम्झौता अवैध भएको ठहर गरेको थियो । यसो गर्दा प्रयोगकर्तामाथि जासूसी हुनसक्ने तर्क उसको थियो । मेटालाई गतवर्ष यस्तो डाटा ट्रान्सफर कार्यका विषयमा चेतावनी दिइएको थियो। त्यसपछि युरोपमा फेसबुकको सेवालाई समेत निलम्बन गरिएको थियो।

त्यस्तै गतवर्ष डिसेम्बरमा पनि मेटाको इन्स्टाग्राम तथा फेसबुक प्लाटफर्मले यिनै नियमहरु उल्लंघन गरेको भन्दै युरोपेली संघले ३९ करोड युरो जरिवाना गरेको थियो। एजेन्सीको सहयोगमा

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्