केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउदीमा थप १२ हजार आप्रवासी नागरिक पक्राउ

सहयात्रा टिभी

दोहा । जेठ १६, साउदीमा थप १२ हजार ९३ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । साउदी सरकारले गैरकानुनी कामदारमाथि धड्पकड तीब्र पारेसँगै एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १२ हजार ९३ जना पक्राउ परेका हुन् ।

१८ देखि २४ मेसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ६ हजार ५ सय ९८, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ८२ र श्रम कानून उल्लंघन गर्ने १ हजार ४१३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ४ सय १ व्यक्तिहरू पक्राउ परेका थिए, ४५ प्रतिशत यमनी, ५३ प्रतिशत इथियोपियाली र २ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ६४ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए। यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १३ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जनाइएको छ ।

यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्‍याएर देश निकाला गरिने जनाएको छ । घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धड्पकड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्