गायक खड्काको ‘पुरानो माया’ गीत सार्वजनिक (भिडियोसहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, विशेष गरी काँठे लोकलयलाई टिपेर जनजिब्रोमा छपक्कै बस्ने गीत गाउँदै आएका गायक जीतबहादुर खड्काको नयाँ गीत ‘सुन्न पाए मायाले मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेको’को म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ ।

युगल गीतमा गायक खड्कालाई गायिका सोनु सिंहले साथ दिएकी छन्। गणेश चौलागाईंको शब्दमा गायक खड्का स्वयंले स्गीत दिएका छन्। गीतमा विष्णु तामाङको एरेन्ज रहेको छ। भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका छन्।

भिडियोमा राजाराम सिंखडाको कोरियोग्राफी रहेको छ। भिडियोमा प्रकाश तामाङ ‘राज’, निहारिका थापा, शरण हुमागाईं र सुनिता कालिकोटेको अभिनय रहेको छ।

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्