Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • चौथो पटक प्रधानमन्त्री वन्न सफल देउवा को हुन् ?

    चौथो पटक प्रधानमन्त्री वन्न सफल देउवा को हुन् ?

    नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्नुभएको छ । व्यवस्थापिका संसदको बहुमतले देउवालाइ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । देउवालाई नेकपा माओवादी केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी फोरम लगायत बिभिन्न साना दलहरुले समर्थन गरेका थिए । निर्वाचनका क्रममा संसदमा कुल ५५८ सांसद उपस्थित हुनुहुन्थ्यो । उपस्थिति संख्या मध्ये देउवाको पक्षमा ३८८ र बिपक्षमा १७० मत परेको थियो ।

    यससंगै देउवा चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवाले दोस्रो पटक २०५८ सालमा पुनः मुलुकको जिम्मेवारी सम्हाल्नुभएको थियो । देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको अशिग्राम–५ रुवाखोलामा जन्मिनुभएको हो । उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनु भएको थियो। विद्यालय जिवनवाट नै नेपाली कांग्रेसको राजनीति शुरु गर्नुभएको थियो । एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि वि.स. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। यसपछि उहाँ नेविसंघभित्र  राजनीतिमा सक्रिय भएर लाग्नुभयो ।

    २०२० सालमा कांग्रेसको राजनीतिमा होमिनुभएका देउवा नेविसंघमा सक्रिय भएर काम गरि विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो। नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिकलाई सशक्त रुपमा अगाडि बढाउनुभयो। विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनुभएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खट्टाउनु भएको थियो। त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्नुभएको थियो।

    २०४८ सालमा डडेल्धुराबाट सांसद जित्नुभएको थियो । सोही आमचुनावबाट २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री वन्नुभएका देउवा २०५२, २०५८ र २०६१ सालमा तीन पटक प्रधानमन्त्री वन्नुभयो । देउवा एकपटक मन्त्री र चारपटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।  २०६४ सालको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरा र कञ्चनपुर ४ बाट विजयी हुनुभयो। २०७० सालको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली ६ बाट निर्वाचित हुनुभएको  थियो ।

    राजनीतिक घटना सँगसँगै विंस २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले शाही कूु मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा हुनुहुनथ्यो। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुन  एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आउनुभयो। नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र ७० वर्षको उमेरमा वि‌.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो। सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो।  प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, फ्रान्स, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ। उहाँ लामो समयदेखि डढेलधुराबाट व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

  • पहिचानविहिन आधुनिक पढेलेखेकी आशिकीको जिवनगाथा…..

    पहिचानविहिन आधुनिक पढेलेखेकी आशिकीको जिवनगाथा…..

    आशिकी नामकी एक युवतीको विवाह गर्ने उमेर अगावै विवाह भयो, साविक सामाजिक रीतिरिवाज र परम्परा वमोजिम । विवाहपश्चात उनी आफ्नो कर्मघर नै सर्वेसर्वा ठानी घर परिवारको रेखदेखमा लागिरहिन् । संयुक्त परिवारमा आशिकीको विवाह भएको थियो । माईतीघरमा खासै कसला नकाटेकी आशिकीका लागि संयुक्त परिवारनै वाधक वन्न थालेको होकि भन्ने महसुस गर्न थालिन् आशिकीले । किनकी उनले जे कुरा माईतीमा पाईन ति सवै प्राप्त गर्न नसकेपनि धेरथोर भने पक्कै आशा गरेकी थिईन् कर्मघरमा पनि । एवंरितले नितान्त घरको कामकाज र सासु ससुराको स्याहार अनि चुलोचौकामानै उनको दिनरात वित्न थाल्यो ।

    आजको आधुनिक समयकी पढेलेखेकी आशिकीका लागि अव यि सवैकुरा आफ्नो वाटोमा आएका अवरोधहरु लाग्न थाल्यो । आशिकीले माइतिमा हुदां जागिर संगै पढाईलाई पनि निरन्तरता दिदै आएकी थिईन् । अव यि सवचिज उनका लागि कुन चराको नाम जस्तै हुन थाले । दिन वित्यो, महिना वित्यो र वषौंवर्ष उनले नितान्त सुसंस्कारी वुहारी एवं श्रीमति वनेर आफ्नो भूमिका वहन गरिरहिन् । यो सवचिज उनले नतमस्तक सहदै आईरहिन् । मात्रै उनको माईतीको ईज्जत एवं श्रीमानको स्वाभिमानका लागि ।

    विस्तारै उनलाई यि सवचिज व्यर्थ लाग्न थाल्यो, जव उनले आफ्नो करियर, ईच्छा आकांक्ष्ाँ, अनेकन अपेक्षा सवै चटक्कै छाडेर एउटै आड भरोषाका निमित्त मात्रै श्रीमानका खातिर सवै कष्ट चुपचाप सहदै आईरहिन् । जव उनलाई थाहा लाग्यो कि, उनको विवाह केवल एक सम्झौता थियो, मात्रै दाईजोको निमित्त । जव उनले यो कुराको महसुस गर्न थालिन् र घरपरिवारवाट सोहि वमोजिमको व्यवहार हुन थाल्यो अनि उनको आंखा विस्तारै खुल्न थाले । अनि लाग्न थाल्यो कि उनका हर सपना र अपेक्षाहरु व्यर्थ ठहरिए । उनको करियर धेरै वर्ष पहिले कतै अलपत्र परिसकेका थिए, ति सपना, चाहनाहरु उनले चाहेर पनि अव पुनः संगसंगै अगाडी वढाउन सक्दिनथिईन् । किनकी समयले नेटो काटीसकेको थियो, धेरै वर्ष पहिले नै ।
    दिनप्रतिदिन उनको घरपरिवारमा सम्वन्ध सौहार्द हुन छाडिसकेको थियो । उनलाई वांकी जिवन त्यस घरमा व्यतित गर्नका लागि मुस्किल लाग्न थालिसकेको थियो । र लाग्न थाल्यो कि उनको आगामी दिनहरु झनै कष्टकर वन्दै जाने निश्चतप्रायः छ । उनको भविष्य अन्धकारमय वन्दै गएको अनुमान गर्न पढेलेखेकी आशिकीलाई गाह्रो पक्कै थिएन ।

    आशिकीले यस्तै यस्तै समस्याका विच पनि आफ्नो करियरलाई घरपरिवार र नितान्त आफ्नो श्रीमानको स्वाभिमान र मानमर्दनका निमित्त नजरअन्दाज गर्दै जिउने प्रयत्न गर्दै मात्रै आईरहिन् । तर उनलाई यि सवचिजको अवमूल्यन गरिएको छ भन्नेमा उनि निसन्देह थिईन नै । तर पनि उनले निसंकोच घरको समस्या वल्झाएर वाहिर हसाउनु भन्दा जेजसो छ, म आफै समाधान गर्न लागिरहन्छु उनको यहि विश्वास वांकी थियो केवल उनको जिवनमा ।

    जव पढेलेखेकी आशिकी जो आफै सक्षम छिन् उनको विवाहमा प्रयाप्त दाईजो नपाएकै कारण उनलाई दिनप्रतिदिन घृणाको पात्र वनाईदैछ, यो उनलाई पानीझै छर्लङग थाहा लागिसक्यो । हाम्रो समाज पनि यस्तो वनिसकेको छकि, यि सवकुरा देखेर पनि अन्देखा गरिदिन्छ । उनको छिमेकीले पनि यि कुराको खासै वास्ता गरेनन् र झन उनको आफ्नै श्रीमानले पनि यसको वेवास्ता गरिदिएपछि त उनको एउटै साहारा त्यो पनि उनको लागि समाप्तप्रायः भयो भन्ने उनको ठम्याइ रह्यो । जव उनले आफ्नो श्रीमानको समेत साथ पाईनन् नारी एक्लैले घर अनि समाजमा विद्रोह गर्न असंभवप्रायः जस्तै छ । उनका श्रीमानले पनि आमाको पक्षमा लागेर दाईजो प्रथालाई वढावा दिए, यो वुझ्न पनि आशिकीलाई मुस्किल परेन । उनका खुसी र अपेक्षाहरु त्यसोत पहिलै उनले गुमाईसकेकी थिईन् झनै श्रीमानको यो खालको अशोभनिय व्यवाहारले उनलाई जिवनभर पिरोलिरहनेछ आशिकी यसैमा विश्वस्त हुन थालिन् ।

    यसर्थ, समाजको परिवेश, घरभित्रको व्यवहार र मायांले नै परिवार मजवुद वन्दै जान्छ । जव विवेकशिल नागरिक विवेकहिन जस्तो व्यवहार गर्न थाल्छ तव जिवन जिउनै मुस्किल लाग्न थाल्छ, जस्तै आशिकी । आशिकी त एक उदाहरण मात्रै हुन् हाम्रो समाजमा । यस्ता आशिकी त यहां हजारौ आशिकीहरु छन् जो खुलेर वाहिर आउनै सक्दैनन् । अनि उनिहरु मात्रै घरपरिवारका खातिर आफ्नो सपना, अपेक्षा, चाहनाहरु एकातर्फ थपक्क राखेर आफ्नो जिवनको हेक्का नै राख्दैनन् कि त ?
    पहिचान गुमाएकी आधुनिक पढेलेखेकी आशिकीको जिवनगाथामा आधारित यो लेखको वांकी अंश आगामी अंकमा……….