Category: ब्रेकिङ न्युज

  • अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

    अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

    काठमाडौँ । असोज १, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

    भ्रमणक्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्यबारे छलफल हुने बताइएको छ ।

    अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदुताबास नयाँदिल्लीका उपनियोग प्रमुख डा।सुरेन्द्र थापा नेपालीलगायतका छन् ।

  • पृथ्वी राजमार्ग १८ दिनपछि दुईतर्फी

    पृथ्वी राजमार्ग १८ दिनपछि दुईतर्फी

    काठमाडौँ । असोज १, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै १८ दिनपछि दुईतर्फी सवारीसाधनहरू गुड्न थालेका छन् । भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध थियो ।

    २८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । त्यसपछि पनि नयाँ ट्र्याकलाई पूर्णता दिन निरन्तर काम गरिएको थियो । जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय बुधबार गरेको थियो ।

    कृष्णभिर क्षेत्रमा सम्बन्धित निकायहरूको निरन्तरको प्रयासबाट नयाँ ट्र्याक निर्माण गरिएको भन्दै आज बिहान ६ बजेदेखि राजमार्ग दुईतर्फी सञ्चालन गर्ने निर्णय गरिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन् ।

    पृथ्वी राजमार्गका विभिन्न स्थानहरूमा अझै पनि सडक भासिने, पहिरो जाने, ढुंगा-माटो खस्ने त था अन्य जोखिम कायमै रहेको भन्दै प्रशासनले सवारी चालक र यात्रुहरूलाई सावधान अपनाउन अनुरोध समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहानैदेखि पृथ्वी राजमार्गमा सवारीसाधनहरू सञ्चालनमा आएका छन् ।

    पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै संघीय राजधानी काठमाडौं आउजाउ गर्न यात्रुहरूलाई सहज हुने भएको छ । पृथ्वी राजमार्ग बन्द हुँदा सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक राजमार्ग प्रयोग हुँदै काठमाडौं आउजाउ गरिरहेका थिए ।

  • आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    काठमाडौँ । असोज १, कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

    कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा. तोयराज नेपाल बताउनुहुन्छ ।

    प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

    यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।

    वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।

    पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

     

  • मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

    मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

    काठमाडौँ । भदौ ३१, मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।


    त्यसैगरी बिहान ४ बजेर २८ मिनेट जाँदा मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ। यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

  • आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ । भदौ ३१, सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

    अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यस्तै, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने छन् ।

    यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    यसैगरी, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • सांसद बोलिरहँदा गृहमन्त्री अगाडिबाटउठेर हिँडेको भन्दै नियमापत्ति

    सांसद बोलिरहँदा गृहमन्त्री अगाडिबाटउठेर हिँडेको भन्दै नियमापत्ति

    काठमाडौँ । भदौ ३०, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाएका छन् ।

    मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । सोही विषयमा एमाले प्रमुख सचेतक महरले नियमापत्ति जनाएका हुन् ।

    ‘माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू ‘। प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ । यो नियमको उल्लंघन गर्दै माननीय गृहमन्त्री त्यो बीचबाट हिँड्नुभएको छ’, महरले सभामुख डोलप्रसादको ध्यानाकर्षण गराउँदै भने ।

    विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको उनले बताए । यस्तो व्यवहारले सदनको मर्यादा कायम नगर्ने आग्रह गरे ।