Category: ब्रेकिङ न्युज

  • आज संविधान दिवस मनाइँदै

    आज संविधान दिवस मनाइँदै

    काठमाडौँ । असोज ३, आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

    दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन् ।

    प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।

  • सीआईबीले एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि

    सीआईबीले एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि

    काठमाडौँ । असोज २, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।

    सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।

     

     

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौँ । असोज २, मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।


    आजको बैठकले विभिन्न देशमा रिक्त भएका राजदूतहरू नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।

     

     

  • राष्ट्रिय सभाको बैठक बस्दै

    राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौँ । असोज २, सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।


    त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

    त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    काठमाडौँ । असोज २, २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

    नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए । २४ कात्तिक १९७२ सालमा काठमाडौंको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

    २००७ साल अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गरे । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

    २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताएका थिए । २०२५ सालमा बीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे । २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहेका थिए ।

  • बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । असोज २, आज देशभरको मौसममा सामान्यतया बदली (साधारणतया बादल लाग्ने) रहने छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार शुक्रबार राति कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार कोशी प्रदेशको तराई भू-भागका केही, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।