Category: राजनीति

  • गृहमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    गृहमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    काठमाडौँ । चैत २९, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

    भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबैपक्ष संवेदनशील हुनुपर्ने र त्यसक्रममा नेपालगंज-रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको श्रेष्ठले बताए ।

    भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमण, नेपाल(भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

    राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए । साथै श्रेष्ठलाई गृहमन्त्री जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि शुभकामना पनि दिए ।

     

     

  • कांग्रेसमा मन्त्रीबन्नेहरुको भागवण्डा टुंगियो

    कांग्रेसमा मन्त्रीबन्नेहरुको भागवण्डा टुंगियो

    काठमाडौँ । चैत २९, नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको भागवण्डा लगभग टुंगिएको जानकारी प्राप्त भएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

     

    सत्तारुढ दलहरुबीच भएको भागवण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागवण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो ।

    शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाएका थिए ।

    स्रोतका अनुसार थप एउटा मन्त्री लिएर भागवण्डा टुंग्याउने प्रयास भइरहेको छ । अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् ।

    साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन् । डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुची देखाएका छैनन् ।

     

  • सगरमाथा आरोहण गर्न गएका तीन आरोही बेपत्ता

    सगरमाथा आरोहण गर्न गएका तीन आरोही बेपत्ता

    काठमाडौँ । चैत २९, सगरमाथा आरोहण गर्न गएका तीन जना शेर्पा आरोही बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

    पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।

    हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

    उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ । ती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।

     

     

  • प्रधानमन्त्री निवास, शीतल निवास र सिंहदरबारको फोहोर आज पनि उठेन

    प्रधानमन्त्री निवास, शीतल निवास र सिंहदरबारको फोहोर आज पनि उठेन

    काठमाडौँ । चैत २९, तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री निवास, शीतल निवास र सिंहदरबारको फोहोर नउठाएको बुझिएको छ ।

    मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

    काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले फोहोर उठाउनको लागि मेयर, उपमेयर र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूसँग कुरा हुन लागेको जनाएका छन् ।

    गत शुक्रबार बसेको बोर्ड बैठक र अन्य बैठकमा समेत बालेनले कुनै छलफल नगरेको कारण फेसबुकमा लेखेको फेसबुकको स्ट्याटसलाई कतिको आधिकारिक मान्न सकिने उपमेयर सुनिता डंगोलले बताइन्। सदन र मन्त्रिपरिषदमा समेत नउठेको कारण महानगर कार्यपालिका बैठक पनि छिट्टै बस्ने तयारी गरिरहेको उनले बताइन्।

  • आयोगद्धारा उपचुनावको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

    आयोगद्धारा उपचुनावको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

    काठमाडौँ । चैत २९, निर्वाचन आयोगद्धारा आउँदो वैशाख १० गते आइतवार हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको छ ।

    निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् ।

    यी संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ । हिजो मङ्गलवार बसेको आयोगले बैठकले यी छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको छ ।

    ‘

  • कांग्रेस र गोविन्दराज जोशी बिच वार्ता निष्कर्षविहीन

    कांग्रेस र गोविन्दराज जोशी बिच वार्ता निष्कर्षविहीन

    काठमाडौँ । चैत २९, नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता निष्कर्षविहीन भई आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।

    कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।

    वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो ।

    तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् ।

    जोशीले वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवार नभएको भन्दै २१ औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनोट गरी मतदान गर्न आग्रहसमेत गरेका छन् ।