Category: राजनीति

  • नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ बनोस् : पृथ्वीमान गुरुङ

    नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ बनोस् : पृथ्वीमान गुरुङ

    कास्की । बैशाख १, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उनले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिएका हुन्।

    प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गरेका छन् । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन्”, उनले भने, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।”

    सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

    सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिएका छन् ।

  • नयाँ वर्षले आशा जगाएको छ : माधवकुमार नेपाल

    नयाँ वर्षले आशा जगाएको छ : माधवकुमार नेपाल

    काठमाडौँ । बैशाख १, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिएका छन् ।

    नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उनले जोड दिएका छन् ।

    “राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलका बीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्छ”, अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ । सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि अद्यावधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व उल्लेख गर्दै सन्देशमा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट जनताको हितमा काम गर्नुपर्ने बताएका छन् ।

    आफ्नो पार्टीले कम्युनिष्ट आन्दोलनमा मूलधारको नेतृत्व गर्दै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पार्टी क्रियाशील रहेको अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । नयाँ वर्षको सन्दर्भमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको उनले कामना गरेका छन् ।

  • आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । बैशाख १, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।

    नयाँ वर्ष-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।”

    उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, “बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ।”

    उहाँले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्।

    निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती क्रमशः कम हुँदै गएको बताएका छन्। सन्देशमा भनिएको छ, “मेरा केही ठोस सङ्कल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ।”

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। “हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन”, शुभकामनामा सन्देशमा उल्लेख छ।

    प्रचण्डले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन्।

  • कांग्रेससँग कुरा नमिलेपछि जोशीसमूह र रास्वपाबीच भेटवार्ता

    कांग्रेससँग कुरा नमिलेपछि जोशीसमूह र रास्वपाबीच भेटवार्ता

    काठमाडौँ । चैत ३०, गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका छन्।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलमा बिहीबार बिहान जोशी र लामिछानेलगायत बीच भेटवार्ता भएको हो।

    आफूहरूले तनहुँका मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न विज्ञप्ति नै जारी गरेर आग्रह गरिसकेको उनको भनाइ छ।

     

     

  • सिंहदरबार सार्न सरकारलाई मेयर बालेनको चुनौती

    सिंहदरबार सार्न सरकारलाई मेयर बालेनको चुनौती

    काठमाडौँ । चैत ३०, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार सार्न चुनौती दिएका छन् । यसअघि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि मेयर बालेनको विषयमा मन्त्रीपरिषद्को बैठकमासमेत छलफल भएको थियो।

    बालेनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सरकारले स्थानीय तहले त्यस्तो गर्न नमिल्ने बताएपछि मेयर साहले सिंहदरबार अरु पालिकामा सार्न चुतौती दिएका हुन्।

    ‘कि काठमाडौँको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ उनले भने, ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’

  • शेखर समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने, उपनिर्वाचनपछि सरकारमा जाने

    शेखर समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने, उपनिर्वाचनपछि सरकारमा जाने

    काठमाडौँ । चैत ३०, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए ।

    कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।